खाना पकाउने ग्याँस र पट्रोलियम पदार्थको मूल्यवृद्धि
नेपालखोज
२०७७ माघ २९ गते ११:३५
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याँस र पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधवार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पनि नेपालमा मूल्यवृद्धि गरेको हो ।
पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँ तथा खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरिएको छ । योसँगै अब अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल तथा मटितेलको मूल्य ९५ रुपैयाँ पर्नेछ भने खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ ।
हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्ने क्रममा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया