बुधबार, वैशाख २६, २०८१

हङकङका हजारौं नागरिक बेलायत जानका लागि तयार

नेपालखोज २०७७ चैत २६ गते १२:०३

एजेन्सी । हङकङले राष्ट्रिय सुरक्षासम्बन्धी नयाँ कानुन लागु गरेसँगै हङकङका हजारौं नागरिकले बेलायत जानका लागि भिसा आवेदन दिएका छन् । नयाँ राष्ट्रिय सुरक्षासम्बन्धी नयाँ कानुन मन नपरेपछि हङकङवासीले यसाे गरेका हुन् ।

शिक्षा, आवास र रोजगारीका लागि हङकङभन्दा बेलायत राम्राे गन्तव्य हुनसक्ने कारण हजाराैं नागरिक बेलायत जान भिसा आवेदन दिइरहेकाे समाचारहरुमा जनाइएकाे छ । यस्ता नागरिकको संख्या दिनहुँ बढ्दै गएको बीबीसीले उल्लेख गरेकाे छ ।

बेलायतले भने हङकङका नागरिकलाई पाँच वर्षका लागि आवास भिसा दिने भएकाे छ । याे निर्णय भएपछि २७ हजार भन्दा बढी हङकङका नागरिकले आवदेन दिइसकेको समाचारमा जनाइएकाे छ ।

प्रतिक्रिया