‘प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ’

नेपालखोज २०७७ माघ २९ गते १२:१५

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुगेको प्रहरीलाई योगेश भट्टराईले तत्काल फिर्ता हुन आग्रह गरेका छन् । पुर्व मन्त्री समेत रहेका नेकपाका स्थाई कमिटी सदस्य भट्टराईले सामाजीक सञ्जाल मार्फत फिर्ता हुन आग्रह गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गरेको आरोपमा झाँक्रीलाई पक्राउ गर्न प्रहरी शंखमुल स्थित उनको घरमै पुगेको थियो ।

सामाजिक सञ्जाल मार्फत यसको विरोद्ध गर्दै भने ‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने भए । राष्ट्रपती संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ ।’

प्रतिक्रिया