मंगलबार, असार १७, २०८२

रामकुमारी झाँक्रीलाई विना शर्त रिहा गर्न कांग्रेस नेता रामचन्द्र पौडेलको माग

नेपालखोज २०७७ माघ २९ गते १५:१६

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई विना शर्त रिहा गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै नेता पौडेलले झाँक्रीलाई पक्राउ गर्नु नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप भएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको छ । त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्र्सना गर्दछु, विना शर्त रिहा गरियोस् !’

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले झाँक्रीलाई राज्य विरुद्धको कसूर गरेको आरोपमा पक्राउ गरेको छ ।

प्रतिक्रिया