मोटरसाइकल दुर्घटनामा डा अधिकारी र उनको बुवाको निधन
नेपालखोज
२०७७ माघ ३० गते १०:५५
काठमाडौं । धादिङमा मोटरसाइकल दुर्घटनामा परि कोभिड अस्पतालमा कार्यरत ३० वर्षका डाक्टर सुरेश अधिकारीको निधन भएको छ ।
धादिङबाट काठमाडौंतर्फ आउदै गरेको डा अधिकारी सवार प्र ३ ०२ ००९ प ८२३० नम्वरको मोटरसाइकल धुनीबेंसी नगपालिका खानीखोलामा विपरीत दिशाबाट आएको ना १ क ६५४७ नम्वरको ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटनामा डा अधिकारी र उनको बुवा ६० वर्षका बलराम अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया