बिहीबार, वैशाख १३, २०८१

आफ्नो पार्टनरलाई खुशी राख्न चाहने युवायुवतीले जान्नैपर्ने कुराहरु

नेपालखोज २०७७ माघ ३० गते ११:२९


काठमाडौं । सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि किन उनिहरुको सम्बन्ध राम्रो हुँदैन कहाँ चुकेका हुन्छन् प्रेम जोडीहरु ? कुनैपनि व्यक्तिलाई आफू र आफ्नो पार्टनरको सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना हुन्छ । तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले अधिकांश मानिसहरुको आफ्नो पार्टनरसँगको सम्बन्ध राम्रो हुँदैन ।

आज हामी तपाईंलाई विभिन्न एजेन्सीको सहयोगमा सम्बन्ध कसरी राम्रोे र सुमधुर बनाउने भन्ने जानकारी दिँदैछौँ ।

आफूलाई माया गर्नुहोस् सुन्दर बन्नुहोस्, सम्बन्धमा पनि तपाईको ‘बेष्ट भर्सन’ देखाउनुहोस्, विश्वास सिर्जना गर्नुहोस् ।

रहस्यमय मान्छे बन्नुहोस् ताकी तपाईको बारेमा हरेक कुरा पार्टनरलाई थाहा नहोस् । किनकी तपाईले विगतमा भोगेका कुरा सुनेपछि झगडा पर्दा पार्टनरले त्यहि पोईन्टलाई समातेर तपाईप्रति अविश्वासको वातावरण पैदा गर्न सक्छ ।

राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस् , सपोर्ट गर्नुहोस् , म साथ छु भन्ने आभाष दिलाउनुहोस् ,झुटो बोल्ने, अति जान्ने सुन्ने बन्ने, गफ दिने, मान्छे उचाल्ने, कुरौटे बानी, कुरा काट्ने, अरुलाई उडाउने आनीबानी छ भने आजै त्याग्नुहोस्।

उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस् । किनकी हरेक मान्छेको आफ्नै प्रकृतिको आनीबानी र व्यवहार हुन्छ ।

जहिले आत्मविश्वासी बन्नुहोस्ः विशेषगरी पुरुषको अगाडी, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन । हरेक कुरामा पर्फेक्सन दिनुहोस् ।

हाँस्न नरोकिनुहोस्, नडराउनुहोस् , बरु निर्धक्क बानी विकास गर्नुहोस् ।
प्रतिबन्ध नलगाउनुहोस्ः कहिलेकाहिँ साथिहरुसँग रमाउन दिनुहोस्, घुम्न दिनुहोस्, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस ऊ आफूलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् ।

अनावश्यक शंका नगर्नुहोस् , सकारात्मक सोच राख्नुहोस्, अध्ययनशील बन्नुहोस्, नयाँ कुराबारे ज्ञान लिनुहोस्, विश्व दुनियाँबारे ‘अपडेट’ हुनुहोस् ।

अनावश्यक किचकिच गर्ने, प्रश्न थोपर्ने, चियोचर्चो गर्ने, अरुको प्रशंसा गर्ने, शंकाको वातावरण बनाउने काम नगर्नुहोस्

प्रतिक्रिया