उपत्यकाका यी क्षेत्रमा शनिबार र आइतबार विद्युत अवरुद्ध हुने

नेपालखोज २०७७ माघ ३० गते १२:४५

काठमाडौं । शनिबार र आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले शनिबार र आइतबार काठमाडौं उपत्यकाको कोटेश्वर, शाँखु, कपन र गोठाटार क्षेत्रमा बिहान ११ बजेदेखि साढे २ बजेसम्म बत्ती जाने जनाएको छ ।

सडक मर्मत र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार शाँखु फिडरअन्तर्गत गोकर्णेश्वर चौतारा, नाम्गेल, बीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटोसम्म, काठमाडौं उपत्यका खानेपानी प्रशोधन केन्द्र र आसपासका सडकमा बत्ती जानेछ ।

यस्तै गोठाटार फिडरअन्तर्गत पेप्सीकोला उद्योग, पेप्सीकोला टाउन प्लालिङ र आसपासका क्षेत्रमा बत्ती जाने प्राधिकरणले जनाएको छ । यस क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे १२ बजेसम्म विद्युत् अवरुद्ध हुने छ ।

यस्तै कोटेश्वर फिडरअन्तर्गत कोटेश्वर र नरेफाँट क्षेत्रमा शनिबार दिउँसो साढे १ देखि साढे २ बजेसम्म र कपन फिडरअन्तर्गत निलोपुल र बुढानिलकण्ठ लगायतका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि साढे ३ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया