प्रदर्शन चलिरहँदा प्रेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
नेपालखोज
२०७७ माघ ३० गते १३:०६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ ।
ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ । बुधबारको निर्णयअनुसार आयल निगमले ग्यासमा हाल कायम १ हजार ३ सय ७५ रुपैयाँलाई बढाएर १४ सय रुपैयाँ पु-याएको हो ।
यसैगरी निगमले पेट्रोल, डिजेल, मटीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको जानकारी दिएको छ ।
बिहीबारदेखि लागू भएको सो नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ११२ रुपैयाँ तथा डिजेल र मटीतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । निगमका अनुसार हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया