बुटवलमा भोली ओली पक्षको मोटरसाइकल र्याली

बुटवल । भोली बुटवलमा हुने आमसभाको पूर्वसन्ध्यामा नेकपाको केपी ओली पक्षले मोटरसाइकल र्याली निकालेको छ ।
सयौँ मोटरसाइकल सहभागी र्यालीले बुटवल सहर परिक्रममा गरेको छ । मोटरसाइकल र्यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले उद्घाटन गरेका छन् ।
ओली समूहले भोली बुटवलमा आमसभा गर्दैछ, जसलाई प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बुटवलमा अहिलेसम्मकै विशाल प्रदर्शन हुने सो पार्टीको दावी छ ।
सभाको अघिल्लो दिन आज बुटवलमा पूर्वजनमुक्ति सेनाको भेला आयोजना गरिएको छ । भेलालाई उद्योगमन्त्री लेखराज भट्ट र मुख्यमन्त्री पोखरेलले सम्बोधन गर्दै छन्। नेकपा ओली समूहले बुटवलमा हुने आमसभालाई आफ्नो शक्ति प्रदर्शनको हिसाबले निकै महत्वका रुपमा प्रचार गरेको छ । बुटवलमा हुने प्रदर्शन ऐतिहासिक हुने मुख्यमन्त्री पोखरेलको जिकिर छ ।

प्रतिक्रिया