आज काठमाडौंमा विद्युत कटौती हुने स्थानहरु (तालिकासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत कटौती गर्दैछ । सडक विस्तारको काम चलिरहेको तथा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्रले जनाएको छ ।
बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि दिउँसो विद्युत् कटौती गर्ने जनाएको हो । साँखु, गोठाटार र कोटेश्वरमा आज तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा भोली विद्युत बन्द गर्न लागेको हो ।
बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार आज बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ ।
यस्तै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह ४ः३० सम्म विद्युत काटिनेछ । कपन फिडर अन्तर्गत भोली बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ ।


प्रतिक्रिया