आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
नेपालखोज
२०७७ फागुन १ गते ८:५३

काठमाडौं । आज विश्व रेडियो दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।
निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो । अहिले सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया