मंगलबार, फागुन १५, २०८०

भूतपूर्व सैनिकका समस्या समाधानका लागि यस अघि दिएका निर्देशनहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

नेपालखोज २०७८ साउन २५ गते २०:४१

काठमाडौं । प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानका लागि सरकारलाई यस अघि दिएका निर्देशनहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

समितिको सोमबारको बैठकले भूतपूर्व गोरखा सैनिकहरु विभिन्न माग राख्दै निरन्तर आन्दोलनरत रहेको र हालसम्म माग पुरा हुन नसकेको भन्दै माग पुरा गराउनका लागि नेपाल सरकारले बेलायत सरकारलाई ध्यानाकर्षण गराएका हुन् । समितिको बैठकले विगतमा सरकारलाई दिएको निर्देशन स्मरण गराउँदै परराष्ट्र मन्त्रालयलाई उच्चस्तरिय वार्ता समिति निर्माण गरि वार्ता प्रारम्भ गर्न सुझाव दिएको छ ।

त्यस्तै, सांसद सुरेन्द्र बहादुर कार्कीले नेपालको असंलग्न परराष्ट्र नीति भनिएपनि व्यवहारमा असंलग्न परराष्ट्र नीति अवलम्बन हुन नसकेको टिप्पणी गरे । आगामी दिनमा एउटा दिर्घकालीन रणनीति बनाएर सोही रणनीतिको मातहतमा परराष्ट्र नीति बन्नुपर्ने र साच्चै असंलग्न छौँ भन्ने कुरा नीतिमा देखिनु पर्ने बताए । बेलायतले स्वतन्त्र राष्ट्रको व्यवहार नगरेको उनले बताए ।

त्यस्तै, सांसद प्रेम प्रसाद तुलाचनले तत्काल बेलायतसँग वार्ताको वातावरण बनाउनुपर्ने र दूताबासमार्फत् वार्ता प्रक्रिया अगाडी बढाएर दबाब सिर्जना गर्नुपर्ने बताए । सांसद् सुजिता शाक्यले भूतपूर्व गोर्खाको विषय सबै नेपालीको साझा विषय भएको भन्दै उनिहरुका मागलाई सम्बोधन गर्नेगरी संसदमा सर्वसम्मत् रुपमा राजनीतिक महत्वको प्रस्ताव पास गर्ने तयारी गर्नुपर्ने बताइन् । आन्दोलनरत भूतपूर्व गोर्खाको जीवन बचाउन नेपाल सरकारले बेलायत सरकारको ध्यानाकर्षण गराउनु जरुरी रहेको उनले बताइन् ।

प्रतिक्रिया