शनिबार, जेठ ५, २०८१

मुआब्जा नदिएको खेतमा ठेकेदारको रजाई

नेपालखोज २०७७ फागुन १ गते १३:५३

रौतहट । मुआब्जा वितरण नहुँदै निर्माण व्यवसायीले किसानको खेतमा रेल मार्गको ट्याक निर्माण गर्न थालेपछि किसानहरु आक्रोशित भएका छन् । चाडै निर्माण सम्पन्न गर्ने निहुँमा निर्माण व्यवसायीले मापदण्ड विपरित गुणस्तरहिन कार्य गरेको समेत स्थानीयको आरोप रहेको छ ।

चन्द्रपुर– ८ सन्तपुरको ४ नम्वर प्याकेजअन्तर्गत रेलमार्ग निर्माण गर्ने निुहँमा लामा गोल्डेन विरुवा जेभिका प्रतिनिधिले किसानको खेतमा एकैपल्ट राति ग्य्राबेल थुपारेको स्थानीयको भनाई रहेको छ ।

मुआब्जा पीडित किसानहरुले बिहीबार निर्माण कार्य रोकेपछि निर्माण व्यवसायीका प्रतिनिधि वेपत्ता भएका छन् । निर्माण व्यवसायीले हतारोमा काम गर्दा राम्रोसँग रोलिङ समेत भएको छैन । निर्माण कार्यस्थलमा रेल्वेको कर्मचारी नबस्नाले निर्माण व्यवसायीले मनलाग्दी काम गरेका छन् । मुअब्जा नपाउँदै एक महिना अघिनै कृष्ण चौधरीको मालपोतल कार्यालयबाट आफ्नो जमिन रेलवे विभागको नाममा जग्गा नामसारी भईसकेको छ । मुअब्जा रकम नपाएसम्म काम अघि बढन नदिने उनले बताए ।

रेलवेको नाममा पास भईसकेको आफनो जमिनको लालपूर्जा बोकेर किसानहरु निर्माण स्थलमा पुगेका थिए । खेतको मुआब्जा पाईन्छ भनेर जमिन पास गराएपछि अहिले बेवास्ता भएको गुनासो किसानको छ । मुआब्जा नपाएपछि किसानहरुले आफनो खेतमा लगाएको गहु, मकै, मसुरो लगायतका बाली लाई नोक्सानी पुर्याउँदै निर्माण व्यवसायीले कम ग्रयाबेल बढि बालुवा भएको ग्य्राबेल राख्न सुरु गरिसकेका छन् । उनको जस्तो पीडा चन्द्रपुर–८ सन्तपुरका किसान लालवति तिमल्सिनाको रहेको छ । उनले भनीन रेल्वेको कर्मचारी आउँदैन निर्माण व्यवसायीले रातिको समयमा मिक्स ग्रयाबेल राखेर भाग्ने गरेको बताइन ।

हरेक १५ सेन्टिमा ग्रेडिङ गर्दै पानी हाले पश्चात पुनः रोलिङ गरि हरेक लेयरको डेन्सिटी परीक्षणपछि अर्को लेयर तयार गर्न क्रमश ग्रेवल हाल्दै जानुपर्नेमा निर्माण व्यवसायीले एकैपल्ट दुईदेखि तीन मिटर ग्य्राबेल राख्ने गरेको पाइएको छ ।

रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना सर्लाहीका प्रमुख डिभिजन ईन्जिनियर देबेन्द्र साहले अर्थमन्त्रालयले रकम निमासामा ढिलाई गरेकोले किसानलाई रकम वितरण गर्न ढिलाई भएको बताए । उनले आउँदो आइतबार अर्थमन्त्रालयले रकम निकासाको प्रक्रिया अघि बढाएकोले अबको दुई सातापछि वितरण गरिने बताए

प्रतिक्रिया