बिहीबार, मंसिर २७, २०८१

बुटवलमा प्रधानमन्त्री ओलीद्वारा केबलकार शिलान्यास

नेपालखोज २०७७ फागुन १ गते १४:३४

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटवलदेखि पाल्पा जोड्ने केबलकार शिलान्यास गरेका छन् । ।

प्रधानमन्त्रीले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको दिउँसो १२ बजे बुटवलको बम्घाटमा शिलान्यास गरेका हुन्।

लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुन लागेको हो ।

नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ ।

कार्यक्रमलाई सम्बोधन गदैं प्रधानमन्त्री ओलीले एक वर्षभित्र केबलकार निर्माण हुने विश्वास व्यक्त गरे । केबलकार निर्माणका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनेको भनाइ छ ।

बुटवल केबलकारले धार्मिक, साँस्कृतिक, रोजगारीलगायतका क्षेत्रमा उल्लेख्य सफलता प्राप्त हुने प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया