महिला लिग : एपीएफले वालिङलाई ६ गोलले हरायो
नेपालखोज
२०७७ फागुन १ गते १८:०६

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले हराएको छ ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा एपीएफको लागि सावित्रा भण्डारीले पाँच गोल गरिन् । अर्को एक गोल प्रीती राईले गरिन् ।
प्रतियोगितामा नौ खेल खेलेको एपीएफले सबै खेल जित्दै २७ अंक जोडेको छ । ९ खेलमा १४ अंक जोडेको वालिङ तेस्रो स्थानमा छ ।
सम्बन्धित

प्रतिक्रिया