लागू औषध सहित तीन जना समातिए
काठमाडौं । लागुु औषध सहित तीन जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता पहरी उपरीक्षक रमेश कुमार वस्नेतका अनुसार आज शनिवार बिहाल अन्दाजी ५ः३० बजेको समयमा काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा.नं. २ स्थित नागढुङ्गा चेक प्वाईन्टमा विरगंजदेखि काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ५०११ को यात्रु बाहक बस र जिल्ला बाराको कलैयाबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ८ ख ४७१७ नम्बरको यात्रुबाहकलाई मनप्र प्रभाग नागढूङ्गावाट खटिएको नियमित चेकप्वाईन्टले चेकजाँच गर्ने क्रममा उक्त बसमा यात्रा गरी आएका भारतको जिल्ला मोतिहारी रक्सौल वडा नं. ८ बस्ने बर्ष १९ को साजन कुमार यादब र ऐ . ऐ . बस्ने बर्ष १९ को दिपक सिहले कालो रंगको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको औषधिजन्यलागू औषध फेला पारी पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि वृत्त थानकोट पठाईएको निजहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भईरहेको प्रवक्ता बस्नेतले जानकारी दिएका छन् ।
डाईजेपाम लेखिएको ४५० एम्पल, फेनारगन ३८१ एम्पल नुफिन लेखिएको ४२१ एम्पल गरी जम्मा १२५२ एम्पुल लागु औषध बरामद भएको छ । यसैगरी प्रहरीले सोही स्थानबाट भन्सार छलेर ल्याएको ४८ थान कपडा पनि बरामद गरेको जानकारी दिएको छ ।
काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा.नं. २ स्थित नागढुङ्गा चेक प्वाईन्टमा विरगंजदेखि काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ५०११ को यात्रु बाहक बसलाई मनप्र प्रभाग नागढूङ्गावाट खटिएको नियमित चेकप्वाईन्टले चेकजाँच गर्ने क्रममा धनगडी देखि काठमाण्डौ तर्फ आउदै गरेको ना ८ ख ८४९७ नं. को यात्रु बाहक बसलाई चेक जाच गर्ने क्रममा उक्त बसको साईडको डिक्कीमा दुई वटा झोलामा बिल तथा भरपाई नभएको ८६ हजार चार सय रुपैयाँ बराबरको भन्सार छली गरि ल्याउदै गरेको लेडिज कुर्था सुरुवाल ४८ थान रामद गरी अनुसन्धानको लागी मनप्र वृत्त थानकोट पठाएको हो, प्रवक्ता बस्नेतले भने । उक्त अवैध कपडा थप अनुसन्धानको लागी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय सानोगौचरण काठमाण्डौमा पठाईने प्रवक्ता बस्नेतले जानकारी दिएका छन् ।
प्रतिक्रिया