निर्वाचन आचारसंहितबारे आयोगले आज सबै राजनीतिक दलसँग छलफल गर्दै

नेपालखोज २०७७ फागुन २ गते १०:१०

काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।

आइतबार बिहान ११ बजे आचारसंहिताको मस्यौदामा राय परामर्श लिन सबै राजनीतिक दलहरुलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आगामी वैशाख १७ र २७ गते हुने चुनावको लागि निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले जनाएको छ ।

छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ ।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया