आठघण्टा नसुते डिप्रेसन

एजेन्सी । एक अध्ययनले देखाए अनुसार हरेक दिन आठ घण्टाभन्दा कम सुत्ने मानिसमा डिप्रेसनको समस्या देखिने जनाइएको छ ।
यो तथ्य अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनमा पत्ता लागेको हो ।
सो अध्ययन अनुसार सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दै जाँदा कम सुत्ने मानिसमा बढी मानसिक समस्या देखिने र ज्यादातर चिन्ता देखिने पत्तो लागेको हो ।
विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पनि बढी हुने बताएको छ ।
आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ ।
त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् ।
सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।
प्रतिक्रिया