आँबुखैरेनीमा सवारी दुर्घटना स्कुटरवाली युवतीको ज्यान गयो
नेपालखोज
२०७७ फागुन २ गते १३:५९

काठमाडौं । आँबुखैरेनी चोकमा ग्याँस बुलेटले ठक्कर दिँदा स्कुटरमा सवार एक युवतीको घटना स्थलमै मृत्यु भएको छ।
मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको एन एल ०२ एन २९८६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा ना १९ प ९२४ नम्बरको मोटरसाइकल ग ३ च २०८४ नम्बरको कारमा ठक्कर खाँदा लम्जुङ मध्यनेपाल भोर्लेटार निवासी १७ वर्षीया अन्बेसा पौडेलको निधन भएको हो ।
सो घटनामा ग्याँस बुलेट चालक भारत बिहार प्रदेश पुजारा बस्ने ३० वर्षीय पंकज कुमार, ना १९ प ९२४ नम्बरको मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका ४ बस्ने ५१ वर्षीय युवराज घिमिरे पनि घाइते भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया