निर्वाचन आचारसंहित : आगामी चुनावमा हेलिकप्टर चार्टर्ड गर्न पाइने

नेपालखोज २०७७ फागुन २ गते १४:५७

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा हुने निर्वाचनको प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्ड गर्न दिने भएको छ ।

आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्डको सुविधा लिन पाइने व्यवस्था गरेको हो ।

गत वर्षको आम चुनावमा यसको विरोध भएको थियो भने यसपटकको निर्वाचनमा खर्च व्यवस्थापन र प्रचारलाई कडाइ गरेको भनिएपनि हेलिकप्टर चार्टर्डलाई छुट दिइएको आयोग स्रोतले जनाएको छ ।

आचारसंहिता उल्लंघन गरेमा एक लाख जरिवाना गर्ने र उम्मेदवारी खारेजसम्म गर्ने व्यवस्था पनि गरेको छ । आयोगले यसपटक आचारसंहिता आगामी सबै चुनावलाई केन्द्रमा राखेर निर्माण गरेको छ ।

प्रतिक्रिया