सिद्धबाबाले सहमतीमै यौन सम्पर्क राखेको अदालतको फैसला
काठमाडौं । सुनसरी जिल्ला अदालतले सिद्धबाबा भनिने कृष्णबहादुर गिरिले बलात्कार नगरेको फैसला दिएको छ । अदालतले पीडित महिलाले सहमतिमा नै बाबासँग शारीरिक सम्पर्क गरेको फैसला गरेको हो ।
प्रतिवादी सिद्धबाबा उर्फ कृष्णबहादुरले बलात्कार नगरेको र महिला पीडितले नै शरीर समर्पण गरेको फैसलाको पूर्णपाठमा उल्लेख गरिएको छ।
करिब तीन महिनापछि सार्वजनिक पूर्णपाठमा अदालतले महिलाले नै शरीर समर्पण गरेको भन्ने व्याख्या गर्यो। उक्त फैसला जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले गरेका हुन् ।
सो फैसलामा सिद्धबाबा उर्फ कृष्णबहादुरलाई दोषी ठहर गर्न मिल्दैन भनेर व्याख्या गरिएको छ ।
बाबाले यसअघि आफू ब्रह्मचारी रहेको बताउँदै आएका थिए ।
ब्रह्मचारी बाबाहरुले यौनसम्बन्ध बनाउन नसक्ने धार्मिक कानुन भए तापनि त्यसलाई मुलुकी ऐनले भने खासै चासो नदिएको पाइन्छ ।
सहमतीमा भएको भए बाबाहरुले पनि यौन सम्बन्ध बनाउन पाउने यस्तो फैसलाले समाजमा धार्मिक विकृतिहरु बढ्दै जाने खतरा रहेको छ ।
प्रतिक्रिया