‘विद्युतको माग तथा खपत बढाउन प्रसारण र वितरणमा लगानी बढाउनुपर्छ’
नेपालखोज
२०७७ फागुन २ गते १५:५७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताएका छन् ।
विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति पुग्दो भए पनि विद्युत् प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको बताए ।
उनले आर्थिक स्रोत साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपूर्ण रहेको बताए । कार्यकारी निर्देशक शाक्यले विद्युतको माग तथा खपत बढाउनका लागि प्रसारण र वितरणमा पनि लगानी बढाउनु पर्नेमा जोड दिए ।
शाक्यले वितरण ट्रान्सफर्मर, वितरण सञ्जाल, ट्रान्सफर्मर स्टेशन, ट्रान्समिशन लाइन धेरै बनाउनुपर्ने अवस्था रहेको र त्यसका लागि प्राधिकरणको क्षमता कमजोर भएको बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया