ललिता निवास जग्गा प्रकरण : नेपाल र भट्टराईलाई प्रमाण बुझ्न सर्वोच्चको आदेश

नेपालखोज २०७७ फागुन २ गते १६:२३

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा नेकपा नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई प्रमाण बुझ्न आदेश गरेको छ ।

नेपाल र भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले उक्त आदेश गरेको हो ।

ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए । अब अख्तियारले उक्त कागजात पठाउनुपर्नेछ ।

मूल मुद्दा भने विशेष अदालतमा विचाराधीन छ । वरिष्ठ अधिवक्ता न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ ।

अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख थियो । अख्तियारले यसअघि उक्त प्रकरणमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया