आजको मौसमः देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना

नेपालखोज २०७७ फागुन ३ गते ८:२२

काठमाडौं । आज बिहान काठमाडौँको तापक्रम ८ डिग्री सेल्सियस मापनमा गरिएको छ । आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आज दिउँसो काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि हुन सक्ने भएकाले आज देशभरको तापक्रममा गिरावट आउन सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बुधबार रातिसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ ।

आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रतिक्रिया