बुधबार, असार १८, २०८२

सरकारको सार समिक्षा गरे शब्दकोषको फजुल खर्च हुने : विश्वप्रकाश शर्मा

नेपालखोज २०७७ फागुन ३ गते ९:४१

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा सरकारले तीन वर्षमा देशलाई दम्भ, द्वन्द्व र भ्रष्टाचार उपहार दिएको भन्दै व्यंग्य गरेका छन् ।

प्रवक्ता शर्माले सरकारको सार समिक्षा यो भन्दा धेरै गरे शब्दकोषको फजुल खर्च हुने बताएका हुन् ।

ट्वीटमार्फत उनले भनेका छन्, ‘नेकपाले देशलाई ३ वर्षमा दिएको ३ उपहार दम्भ, द्वन्द्व र भ्रस्टाचार। आज फागुन ३ मा ३ वर्ष पुगेको सरकारको सार समिक्षा यति नै । शब्दलाई दुःख दिएर शब्दकोषको फजुल खर्च गरिएन जय नेपाल ।’

साथै शर्माले जनताका रंगिन सपनाहरुको हवाई उडान पाइलट केपी शर्मा ओलीकै कारण चुँडिएको चंगा जस्तै भएको टिप्पणी समेत गरेका छन् ।

‘न बिर्सेँ तिमीलाई, नपाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई ! ‘३ वर्ष अघि दिएको मत सम्झँदै जनताको एकालापमा आज सायद यहि गीत छ । रंगिन सपनाहरुको हवाई उडान पाइलट केपी शर्मा ओलीकै कारण चुँडिएको चंगा जो भएको छ,’ शर्माले लेखेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । यो तीन वर्षका सरकारका उपलब्धीबारे आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस ब्रिफिङ्ग गर्दै छन् ।

प्रतिक्रिया