शुक्रबार, चैत १६, २०८०

दुर्घटनाको जोखिम बढ्न थालेपछि हुम्लामा साँझ ६ बजेपछि गाडी सञ्चालनमा रोक

नेपालखोज २०७७ फागुन ३ गते १०:१३

सिमकोट । दुर्घटनाको जोखिम बढ्न थालेपछि हुम्लामा साँझ ६ बजेपछि गाडी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले साँझ ६ बजेपछि गाडी चलाउन नपाइने नियम लागू गरेको हो ।

कच्ची सडकमा बेलुकादेखि रातिको समयमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्ने देखिएपछि यस्तो नियम लगाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक लोकबहादुर चन्दले बताए ।

यसअघि हाल सञ्चालन भएका रुटमा गाडी दुर्घटना भएर २२ जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया