सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
नेपालखोज
२०८१ माघ २६ गते १०:०१

काठमाडौं । काठमाडौंको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ ।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको थियाे । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिएका हुन् । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया