तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली
नेपालखोज
२०७७ फागुन ३ गते १०:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज (सोमबार) सार्वजनिक गर्ने भएका छन् ।
२०७४ फागुन ३ गते गठन भएको सरकारको तीन वर्षे कार्यसम्पादनबारे सोमबार सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रधानमन्त्री ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।
राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित ओली नेतृत्वको सरकार गठनको (सोमबार) तीन वर्ष पूरा भएको छ ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सञ्चालन हुँदैछ । त्यहीँबाट ओलीले सरकारका उपलब्धिबारे जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया