नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात

नेपालखोज २०७७ फागुन ३ गते ११:१९

काठमाडौं । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ ।

आइतबार राति हृदयघात भएपछि शाहीलाई काठमाडौं महाराजगंजस्थित शिक्षण अस्पताल लगिएको थियो । उनको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

शाहीको राति करिब १२ बजेतिर अपरेशन गरिएको र आज बिहान ३ बजे अपरेशनपछि वार्डमा सारिएको परिवार स्रोतले जनाएको छ ।

आइतबार बेलुकी ९ बजेतिर स्वास्थ्यमा समस्या आएपछि शाहीलाई अस्पताल लगिएको थियो ।

अहिले चिकित्सकहरूले महासचिव शाहीको स्वास्थ्य अवस्था सामान्य रहेको र खतरामुक्त रहेको जानकारी दिए ।

शाही पछिल्लो समय कर्णालीका विभिन्न जिल्लामा कांग्रेसको संगठन विस्तारका काममा सक्रिय थिए ।

प्रतिक्रिया