पार्टीका केही नेताका कारण संसद् विघटन गरे : प्रधानमन्त्री ओली
नेपालखोज
२०७७ फागुन ३ गते ११:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताहरुका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।
नेकपाका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि त्यसको बाछिटा संसदमा नपरोस् भनेर संसद् विघटन गरेको बताए ।
सोमबार आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको बताए ।
सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको उनले भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया