सर्वोच्च पुगेर चार पूर्वप्रधानन्यायाधीशले बुझाए लिखित जवाफ
नेपालखोज
२०७७ फागुन ३ गते १२:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशले लिखित जवाफ पेस गरेका छन् ।
सोमबार बिहान पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालत गएका हुन् । उनिहरुले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आज लिखित जवाफ बुझाएका हुन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो ।
त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया