म्यानमारमा ८ घण्टादेखि बन्द इन्टरनेट सेवा सुचारु
नेपालखोज
२०७७ फागुन ३ गते १५:१०

एजेन्सी । म्यानमार सेनाले ८ घण्टापछि इन्टरनेट सेवा सुचारु गरेको छ । सरकारी कर्मचारीको हड्ताल र मुख्य शहरमा जनप्रदर्शन पछि सेनाले इन्टरनेट सेवा अवरुद्ध गरेको थियो ।
बेलायती समाचार संस्था द गार्जियनका अनुसार प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीको नजरबन्द अवधि दुई दिन बढाइएको छ । म्यानमारको सैनिकले दुई साता अघि प्रजातान्त्रिक सरकारलाई च्युत गरि सत्ता हातमा लिएको थियो ।
जनप्रदर्शनलाई रोक्न मुख्य शहरमा सेनाका बख्तरबन्द बाक्लो संख्यामा उतारिएको छ । सूकीलाई नजरबन्दबाट मुक्त गर्नुपर्ने माग राख्दै म्यानमारको सडकमा दैनिक लाखौँले प्रदर्शन गर्दै आएका छन् । पछिल्लो जनप्रदर्शन म्यानमारमा दशकयताकै ठूलो भएको उल्लेख गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया