घुस रकमसहित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका दुई कर्मचारी पक्राउ
नेपालखोज
२०७७ फागुन ३ गते १५:५२

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाल ८ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीका अनुसार सेवाग्राहीको शेयर पूँजी बढाएको प्रमाणपत्र लिनको लागि नासु चन्द र लेखापढी गर्ने दाहाल मिली अतिरिक्त रकम माग गरेको भन्ने सूचनाको आधारमा दुबैलाई पक्रिइएको हो ।
नासु चन्दले लेखापढीको काम गर्ने रामबाबु दाहाललाई सेवाग्राहीसँग थप रकम असुल गर्नका लागि भेट्न अह्राएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया