विहारमा सानो भूकम्प
नेपालखोज
२०७७ फागुन ४ गते ११:०९

काठमाठडौं । गत रात भारतको बिहारस्थित नलन्दामा भूकम्पको धक्का महसुश भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार सोमबार राति गएको भूकम्प ३ दशमलब ५ म्याग्निच्युडको थियो ।
सानो भूकम्प भए तापनि यसले विहार आतंकित भएको थियो ।
भूकम्पले धेरै क्षति नगरे पनि पुराना भवनहरुलाई भने चर्काएर गएको छ ।
नेपाली सीमावर्ती क्षेत्रमा पनि यसको सानो महसुस गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया