शुक्रबार, वैशाख २१, २०८१

चीनमा सलाइन र मिनिरल वाटरलाई भ्याक्सिन भन्दै बेच्ने माफिया समातिए

नेपालखोज २०७७ फागुन ४ गते ११:३४


एजेन्सी । कोभिड १९ भ्याक्सिन भन्दै सलाइन पानी र मिनिरल वाटर बेच्ने एक व्यक्तिलाई चीनमा समातिएको छ।

उनले यो कार्य गरी करोडौं मिलियन डलरको स्क्याम गरको प्रहरीको आरोप छ ।

उनको नाम कङ भएको चीनका समाचारहरुमा बताइएको छ ।

प्रहरीहरुले जानकारी दिए अनुसार सलाइन र मिनिरल वाटरलाई भ्याक्सिन भन्दै कङले चीनबाहिर समेत निर्यात गरेको पाइएको छ ।

कङले हालसम्म भ्याक्सिन कुनकुन देशमा पठाए भन्ने अझै खुलेको छैन। कङले एउटा समूह ने खडा गरेर यो कार्य गरेको खुल्न आएको छ । उनको यो अपराधका बारेमा चीनका प्रहरीले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया