शुक्रबार, चैत १६, २०८०

घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य ! अब अनलाइनबाटै पुलिस रिपोर्ट

नेपालखोज २०७६ मंसिर १९ गते ७:३८

१९ मंसिर, काठमाडौं । पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् ।

नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको हो ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले दैनिक १ हजारको संख्यामा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुलिस रिपोर्टका लागि आवेदन दिने गरेको समेत जानकारी दिए । सो संख्या दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ । यो प्रणाली सुरु भएसँगै लाइन लगाएर पुलिस रिपोर्ट दिनसमेत अन्त्य गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया