आइतबार, जेठ ५, २०८२

डिजेल चोरहरुलाई प्रहरीले रंगेहात समातेपछि

नेपालखोज २०७७ फागुन ४ गते १४:५७


काटमाडौं। पर्सामा डिजेल चोरी गरी भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले रंगेहात पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्रिएको हो । यो गत रातको घटना हो । प्रहरीले शंका लागि जाँच गर्दा ट्याङ्करमा एक हजार ६० लिटर डिजेल भेटेपछि कारबाही पक्रिया अघि बढाएको छ ।

ट्याङ्करसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती रहेका छन् । उनीहरुमाथि पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया