शनिबार, वैशाख १३, २०८२

भारतको मध्य प्रदेशमा बस दुर्घटना: कम्तीमा ३७ जनाको मृत्यु, सात जनाको सकुसल उद्धार

नेपालखोज २०७७ फागुन ४ गते १५:०२

एजेन्सी । भारतको मध्य प्रदेशको सिधी जिल्लामा आज बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा २० जना पुरुष, १६ जना महिला र एक चार वर्षीय बालक भएको बताइएको छ । मध्य प्रदेशको राजधानी भोपालदेखि झण्डै साढे पाँच सय किलोमिटरमा पर्ने रामपुर नैकिनमा बिहान बस वाणसागर नदीमा खसेको हो ।

बसमा ५० जना यात्रु रहेको अनुमान गरिएको भएपनि स्थानीय प्रशासनले भने दुर्घटनाग्रस्त बसमा कति जना रहेको भन्नेबारेमा यकिन भइ नसकेको जनाएको छ । नदीमा खसेकामध्ये सात जना यात्रुलाई बचाउन सफल भएको स्थानीय प्रशासनले जनाएको छ । बेपत्ता यात्रुहरूको गोताखोरले खोजी गरिरहेका छन् ।

प्रतिक्रिया