बैतडीमा कांग्रेस र प्रधानमन्त्रीका कार्यकर्ताबीच झडप
नेपालखोज
२०७७ फागुन ४ गते २०:१४
बैतडी । बैतडीमा नेपाली कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताबीच झडप भएको छ ।
डिलाशैनी गाउँपालिकामा केन्द्रीय सदस्य एनपी साउँद सहभागी कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताले एक्कासी आक्रमण गरेका कांग्रेसले आरोप लगाएको छ ।ओली पक्षका कार्यकर्ताले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउँद र डिला सङ्ग्रौला, बैतडीका सभापति नरेन्द्रजङ्ग थापा, नेविसङ्घका पूर्वसभापति नैनसिंह महरलगायत सहभागी कार्यक्रममा ढुङ्गामुढा गर्दा केही नेता घाइते भएका कांग्रेसले जनाएको छ ।
ओली समूहका कार्यकर्ताले नेताहरू चढेको गाडीमा समेत तोडफोड गरेका कांग्रेसको आरोप छ । घटनाको बारेमा अनुसन्धान भइरहेको बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए । घटनामा तीन जना सामान्य घाइते भएको पनि उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया