शनिबार, वैशाख १३, २०८२

मध्यप्रदेशमा बस दुर्घटनामा परी ५१ जनाको मृत्यु, ४ जना अझै वेपत्ता

नेपालखोज २०७७ फागुन ५ गते १०:०८

नयाँदिल्ली । भारतको मध्यप्रदेशमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

मंगलबार बिहान मध्यप्रदेशको सिधी जिल्लामा बस दुर्घटना भएको थियो । सो बस सिधीबाट सतना जाने क्रममा सरदा गाउँ नजिक २२ फिट गहिरो बाणसागर नहरमा खसेको थियो ।

दुर्घटनास्थलबाट ५१ जनाको शव निकालिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ७ जना सकुशल छन् भने चार जना हराइरहेका छन् ।

बसमा क्षमताभन्दा धेरै यात्रु रहेकाले दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । बसमा चालकसहित ६२ जना सवार थिए ।

प्रतिक्रिया