अमेरिकालाई पछि पार्दै चीन बन्यो युरोपेली संघको सबैभन्दा ठूलो व्यापार साझेदार
नेपालखोज
२०७७ फागुन ५ गते १३:२७
काठमाडौं । सन् २०२० मा अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ । कोरोना महामारीका कारण युरोपका प्रमुख व्यापार साझेदार देशकाबीच व्यापार घटे पनि चीनसँग भने व्यापार घाटा नभएको बीबीसीले जनाएको छ ।
गएको वर्ष अर्थात् २०२० मा चीन र युरोपेली संघकोबीच सात सय ९ अर्ब डलरको व्यापार भयो भने अमेरिका र युरोपेली संघबीच ६ सय ७१ अर्ब डलरको मात्र व्यापार भयो । कोरोना महामारीका कारण चीनको अर्थव्यवस्था पहिलो तीन महिनासम्म कमजोर रहे पनि सालको अन्तिमसम्म पुग्दा आर्थिक स्थिति निकै सुध्रेको जनाइएको छ ।
सन् २०२० मा प्रमुख वैश्विक अर्थव्यवस्थामा चीन मात्र एक यस्तो देश थियो, जहाँ आर्थिक विकास देखियो । यही कारण चीनमा युरोपेली कार तथा अन्य विलासी सामानको माग बढेको थियो ।
सम्बन्धित
प्रतिक्रिया