सोमबार, मंसिर १७, २०८१

गायिका सरिता र गायक हिमालयको देउडा भाका ‘हे गाजली…’ सार्वजनिक

नेपालखोज २०७७ फागुन ५ गते १३:५६

काठमाडौं । यस अघि विभिन्न गीत श्रोता माझ ल्याएकी गायिका सरिता भारतीले आफ्नो नयाँ देउडा भाकाको गीत ‘हे गाजली…’को भिडियो दर्शकमाझ ल्याएकी छन् ।

बसन्त पञ्चमीको अवसर पारेर यो गीतको भिडियो रिलिज गरिएको हो । गीतको अडियो भने हालै सार्वजनिक गरिएको थियो । यो देउडा गीतमा सरिता भारती र हिमालयराज (हेमराज भट्ट) को युगल स्वर रहेको छ । गीतमा लय पनि हिमालय राजकै रहेको छ ।

यस अघि थुप्रै देउडा गीत गाएका हिमालय र सरिताले ‘हे गाजली’ मा युगल स्वर दिएका हुन ।यस अघि आफुले हिमालयको देउडा गीत ‘हे बौजु…’को भिडियोमा अभिनय गरेको गायिका सरिताले बताईन् ।

सो गीतमा हेरेका श्रोताले आफुलाई देउडा गीत गाउन सल्लाह दिएपछि हिमालयराजसँग यो नयाँ देउडा गीत ‘हे गाजली…’ तयार गरेर बजारमा ल्याएको पनि गायिका सरिता भारतीले प्रकाश पारिन् । ‘हे गाजली’ को भिडियोलाई बुढा सुब्बा डिजिटल युट्युव च्यालनबाट सार्वजनिक गरिएको छ । गीतमा राज सागरको संगीत, टेकेन्द्र याक्सोको संगीत संयोजन रहेको छ ।

भ्वाईस अफ नेपाल स्टुडियोमा दीप घतानीले यो गीतको रेकर्डिङ र मिक्सिङ गरेका हुन् । यो गीतमा अभिनेता यसराज गराचसँग र गायिका सरिता भारती स्वयँलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।
भिडियो लिंक

प्रतिक्रिया