शनिबार, जेठ ५, २०८१

‘ए आमा’ सार्वजनिक (भिडियो)

नेपालखोज २०७९ फागुन ९ गते १६:२५

काठमाण्डौं । प्रश्न बहादुर राईले आफ्नी आमा बिम्बालक्षी राईको स्मृतीमा ‘ए आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । १९९८ मा जन्मेकी राईको २०७६ मा निधन भएको थियो ।

जसिहाङ राईको शब्द र संगीतमा तयार भएको गीतमा रजिना रिमालले स्वर रेकर्ड छ । नोर्वु शेर्पाको संगीत संयोजन रहेको गीत आज ललितपुरको चाँपागाउँमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गाउँले इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको लिरिकल भिडियोमा आमाको भूमिकालाई सम्झनाको तरेलीमा पोख्ने काम गरिएको छ ।

प्रोफेसर इश्वरी प्रसाद बन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक कार्यक्रममा गायक संगीतकार जसिहाङ, गायिका रजिना रिमाल, मुना राई, पूर्वप्रहरी निरिक्षक भिम कुमार राई, जिमिराई उत्थान समाज सोलुकी केन्द्रीय उपाध्यक्ष सरिता राई, सञ्चारकर्मी बल बहादुर खालिङ, धनबल राई, व्यवसायी इन्द्र थुलुङ, धन कुमार राई, सामाजिक अभियान्ता युजन राई, राधिका ताम्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया