देशमा पुनः वैदेशिक हस्तक्षेप बढ्दैछ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले देशभित्रकै निरंकुश तत्वबाट विदेशी शक्ति आमन्त्रण भएको र विदेशी हस्तक्षेप बढ्न थालेको बताएका हुन् ।
उनले संविधान र लोकतन्त्रमाथि मात्र प्रहार नभएर पुनः वैदेशिक हस्तक्षेप बढ्दै गएको उल्लेख गरे । प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘सत्तास्वार्थले अन्धा भएका निरंकुश तत्वबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तीनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ ।’
उनले विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेको उल्लेख गरे ।
प्रवक्ता श्रेष्ठले प्रतिगमन र वैदेशीक हस्तक्षेपलाई परास्त गरी राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न सम्पूर्ण देशभक्तहरुमा आग्रह समेत गरेका छन् ।


प्रतिक्रिया