संसद् विघटनलाई राजनीतिक प्रश्न भन्न मिल्दैन : वरिष्ठ अधिवक्त खरेल

नेपालखोज २०७७ फागुन ५ गते १४:०४

काठमाडौं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक प्रश्न भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्यूरीका रूपमा बुधबार बहस गर्दै अधिवक्ता खरेलले संसद् विघटनलाई राजनीतिक प्रश्न भन्न नमिल्ने बताएका हुन् ।

‘कानुनी अधिकारमा प्रश्न छैन । कानुनअनुसार स्वविवेक प्रयोग गर्दा हुने विषय राजनीतिक हो । जस्तै मन्त्रिपरिषद् गठनसम्बन्धी । तर, संसद् विघटनलाई राजनीतिक प्रश्न भन्न मिल्दैन । यो संवैधानिक प्रश्न हो,’ उनले भने ।

अधिवक्ता खरेलले नेपालको संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार नभएको बताए । उनले संविधानमा विशेषाधिकार सम्बन्धी १०३ र धारा १८७ गरी दुई वटा धारा रहेको भन्दै संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार नदिएको बताए ।

प्रतिक्रिया