कोरोना खोप खरिदका लागि एक अर्ब बजेट स्वीकृत
नेपालखोज
२०७७ फागुन ५ गते १६:२१

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना खोप खरिदका लागि एक अर्ब बजेट स्वीकृत गरेको छ ।
यसअघि अर्थले कोरोना खोप खरिद गर्न ५० करोड स्वास्थ्य मन्त्रालयलयलाई प्रदान गरेको थियो भने थप ५० करोड रुपैयाँ स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ ।
मंगलबार अर्थ मन्त्रालयले सरकारद्वारा कोरोना खोप खरिद गर्न खोलिएको कोषमा ५० करोड जम्मा गरेको थियो । यो रकम स्वास्थ्य मन्त्रालयले खोप खरिदमा प्रयोग गर्न सक्नेछ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । सो प्रयोजनका लागि स्वास्थ्यबाट अग्रिम रकम माग भएको थियो । सोहीअनुसार अर्थले बजेट स्वीकृत गरेको हो ।
भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । यसबाहेक चीनले ५ लाख डोज खोप दिने बताएको छ । यसबाहेक अन्य आवश्यक खोप भने सरकारले खरिद गर्नुपर्नेछ ।
सम्बन्धित

प्रतिक्रिया