भागरथी प्रकरण : दिनेशलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतको अनुमति
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १८ वर्षीय दिनेश भट्टलाई ५ दिने म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
बुधबार जिल्ला अदालत बैतडीले हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए ।
बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।
भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।
यता अभियुक्तले आफूले हत्या गरेको बयान स्वीकारिसकेका सकेका छन् । डीआईजी सुवेदीका अनुसार केशराजले घाँटी थिचेर मारेको बयान दिएपनि हत्या गर्नुको कारण भने खुलाएका छैनन् ।
उनलाई आजै अदालतमा उपस्थित गराएको र दालतले ५ दिन म्याद थप गरेको उनले बताए ।
आरोपी दिनेशलाई प्रहरीले मंगलबार साँझ उनको घरबाटै नियन्त्रणमा लिएको थियो ।
भागरथी भट्टको शव गत माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत भागरथी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् ।
यो पनि
प्रतिक्रिया