कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेपालखोज २०७७ फागुन ६ गते १०:२६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । अपराह्न तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे विस्तृतमा छलफल हुनेछ ।

कांग्रेसले १४औँ महाधिवेशन २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव गरेको छ ।

यस्तै आजको बैठकमा संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम के हुने भन्नेबारे पनि छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया