पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

नेपालखोज २०७७ फागुन ६ गते १०:४२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बिहीबार बिहान काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्य वृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए ।

पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको मूल्यलाई प्रभावित गरेको छ ।

सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । आयल निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो ।

प्रतिक्रिया