फेरि अर्को बलात्कार
नेपालखोज
२०७७ फागुन ६ गते १३:२०

काठमाडौं । ललितपुरमा विद्यालयबाट फर्किँदै गरेकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी १३ वर्षीया बालिका बलात्कृत भएकी महानगरीय प्रहरी बृत्त चापागाउँले जनाएका छन् ।
बुधबार दिउँसो ४ बजेतिर खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि रहेको जंगलमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए अनुसार विद्यालयबाट फर्किँदै गरेको अवस्थामा बालिकामाथि जबर्जस्ती करणी भएको भन्दै पीडित परिवारले उजुरी दिएपछि घटनाको खुलासा भएको हो ।
सम्बन्धित
प्रतिक्रिया